दुई संसदीय समितिको बैठक बस्दै

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै पौने १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरुसँग छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?