टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकपथ
1.7k
Shares

सिराहा । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

धनगढीमाई नगरपालिका–१० स्थित सडकमा प्रदेश २-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको हो  । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?