विश्व शान्ति र स्थायित्वका लागि १ लाख ५४ हजार नेपाली सेनाको योगदान

शान्ति सेना खटाउने राष्ट्रमा नेपाल अग्रणी

लोकपथ
238
Shares

काठमाडौं । नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार तीन सय चालिस नेपाली सैनिकले योगदान गरेको बताएको छ । 

नेपाली सेनाले हालसम्म गरेका कार्यहरूका बारेमा जानकारी दिन आइतबार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो । 

नेपाली सेनाका युद्ध कार्य निर्देशक सहायक रथी रवीन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताए । उनले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भई आजीवन असहज जीवनयापन गरिरहेकोसमेत बताए ।

संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उनको भनाइ छ । नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा सिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सेना खटिएको बताएको छ ।

नेपाली सेनाले मित्रराष्ट्रहरूका सेनासँग सैनिक तालिमहरू तथा सैनिक उच्च अधिकारीहरूको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कूटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?