माओवादीले आफ्नो कित्ता क्लियर गरोस् : सांसद बास्कोटा 

लोकपथ
735
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्नसमेत गरे।

उनले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गरे । उनले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?