काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार रोक्न एक हजार र पाँच सय दरका नेपाली नोटमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद केसीले सो कुरा बताएका हुन् ।
केही दिन अघि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) ले सम्पत्ति शुद्धीकरणमा नेपाल ग्रे लिस्टमा रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
त्यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल भ्रष्टाचारको एक श्रेणी माथि उक्लिएको भन्दै त्यसले नेपालमा आगामी दिनमा झनै बेथिती बढ्दै जाने संकेत गरेको बताए । साथै त्यसलाई रोक्न एक हजार र ५ सय दरको नोटमा प्रतिबन्ध लगाउँदै पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन माग गरे ।
‘यस्तो परिस्थिति नदोहोरिने प्रतिबद्धताका लागि हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुको साथै राष्ट्रिय र अन्तराष्ट्रिय साख र विश्वसनीयता स्थापना गर्न आजसम्मको चर्चित भ्रष्टचार काण्डहरुको निस्पक्ष छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोगको गठन गर्नु अनिवार्य भएको छ,’ नेता केसीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया