काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारबाट नियमित काममा फर्किएका छन् ।
गत फागुन ३ गते पोखरा भ्रमण वर्ष–२०२५ उद्घाटनका क्रममा बेलुन पड्किएर मन्त्री पौडेल घाइते भएका थिए । दुई दिन कीर्तिपुर अस्पतालमा जलनको उपचार गरेपछि केही दिन घरमै आराम गरेका मन्त्री पौडेल आजबाट नियमित काममा फर्किएका हुन् ।
त्यसो त यसबीचमा घरबाटै अत्यावश्यक काम गरेको उनको सचिवालयले जनाएको छ ।
आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर पौडेलले कामको ब्रिफिङ समेत लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया