झापा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।
बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया