काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया