काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए । उनले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महसुस भएको बताए ।
मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरू केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको उनको भनाइ छ । उनले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिबद्धता जनाए ।
मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गरे । स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिना कर्मचारी ल्याएको बताए । सार्वजनिक संस्थामा आउनेहरूले राजनीति गर्न नहुने बताए । राजनीति गर्ने भए वडाध्यक्ष, सांसदमा प्रतिस्पर्धा गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया