काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।
शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरे ।
उनले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरूको प्रवर्द्धन गर्ने उनको भनाइ छ । उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउनसके नेपालले धेरै प्रगति हासिल गर्ने बताए ।
उनले नेपाली परिकारहरू धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरूले सिको गरेर खाने गरेको बताए ।
स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया