बालकोटको घर मेरो बलुबँताले बनाएको होइन, श्रीमतीको कमाईबाट बनाएको हो : प्रधानमन्त्री ओली

लोकपथ
5.1k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाईबाट बनाएको बताएका छन् ।

शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए ।

उनले आफूजति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने बताए । प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाच्न सम्भव नरहेको जिकिर गरे । 

समारोहमा बोल्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्ने बताए । उनले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताए ।

नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाइ छ । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे ।

उनले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरू गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?