उपाध्यक्ष खतिवडाकाे आरोप- ‘नकारात्मकताको जरो नै केपी ओली हुन्’

लोकपथ
462
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्  ।

उनले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताए । उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रीय कमिटीमा एकमत रहेको बताए । 

प्रवक्ता खतिवडाले बैठकमा नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रीकृत भएको जानकारी दिए ।  पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रस्ताव बैठकमा गरिएको उनको भनाइ छ । 

प्रवक्ता खतिवडाले निकै जटिल मोडबाट गुज्रिरहेको समसामयिक राजनीति चुनौतीको सामना गर्न सक्ने पार्टी एकीकृत समाजवादी नै भएको दाबी गरे । आफ्नो पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरूको पङ्क्ति रहेकाले राजनीतिमा देखिएको शून्यतालाई चिर्नसक्ने जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?