काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्यअनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न नसकेको स्वीकार गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री दाहालले लाइसेन्स वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गरेका हुन् । विपद् व्यवस्थापनको क्षेत्रमा मन्त्रालयले उल्लेख्य प्रगति गरेको भए पनि मूल्याङ्कन नगरिएको उनको गुनासो छ ।
उनले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै आएको कारण मन्त्रालयको नाम नै प्रगतिको आधारमा ७.९ राखिएको भए पनि आफूहरू निराश नभएको बताए । उनले कुनै पनि सांसद एवं मन्त्रीको प्रगति विवरणको मार्कसिट वितरण नगर्न समेत अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया