पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

लोकपथ
945
Shares

संखुवासभा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका-६ बस्ने २६ वर्षीय उपेन्द्र राईको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । 

सोही ठाउँस्थित बिजुलीको पोलमा चढी तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?