नेपालमा बोलिने भाषा जोगाउन आवश्यक : पर्यटनमन्त्री पाण्डे 

लोकपथ
35
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा भएका भाषाहरू जोगाउनु आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले भाषाहरू नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए । उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरूको संरक्षण र संवर्द्धन गर्नु रहेको उनको भनाइ छ ।

भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरूको अभिभावकत्व लिएर भाषाको संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताए । उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानुन मन्त्रालयमा पुगेको उल्लेख गरे । 

मन्त्री पाण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?