सुनको मूल्य घट्यो, चाँदीको कति ?

लोकपथ
994
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो । 

अघिल्लो दिन  १ लाख ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर  १ लाख ७० हजार रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला  एक हजार नौ सय ९० मा किनबेच भइरहेका छ  ।आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?