उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीटोलमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार बिहान पौने ३ बजे भएको दुर्घटनामा बाराको गढी गाउँपालिका–ं४ का ७० वर्षीय सीताराम धामीको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष काकीका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै २५र३० जना जन्ती बोकेर गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट तेज पत्ता बोकी कटारीतर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनी ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याइ प्राथमिक उपचार थालिएको थियो । जसमध्ये गम्भीर रहेका ३ जनालाई विराटनगरस्थित न्युरो कार्ड अस्पताल लगिएकोमा धामीको उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २६ जनामध्ये २० जनाको जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचार गरी डिस्चार्ज भएको र दुई जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको र तीन जना न्युरो अस्पताल विराटनगर उपचारको लागि रेफर गरी पठाइएको छ । ट्रकमा चालक र सहचालक गरी दुई जना सवार रहेका थिए ।
दुर्घटनापछि घाइते भएको बसका चालक र ट्रक चालकलाई सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । दुर्घटनापछि अवरुद्ध भएका मदन भण्डारी लोकमार्ग प्रहरीले केही घण्टापछि खुलाएको थियो भने दुर्घटनाग्रस्त बस र ट्रक घटनास्थलमा नै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया