ओलीलाई बालेनको आग्रह– ‘मलाई नेपाली भएर बाच्ने आधार दिनुस्’

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विश्वका शक्ति राष्ट्रहरुले नेपाललाई हेर्ने दृष्ट्रिकोण राम्रो नभएको बताएका छन् ।

हालै अमेरिकाले रोकेको आर्थिक सहयोगबारे खुलाउँदै मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भ्रष्टाचारी भनेको विषय उल्लेख गर्दै चीन र भारतले समेत नेपाललाई राम्रो नमान्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले भनेका छन् :

प्यारो प्रधानमन्त्री ज्यु ,

अमेरिकाले corrupt भनिसक्यो ,

ईन्डियाले भिकारी भनिसक्यो ,

चिनले मान्छे गन्दैन ,

मलाई मेयर हो भनेर बिर्सिनुस ,

नेपाली भएर बाच्ने आधार त दिनुस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?