काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रजातन्त्रको मूल्यमान्यतालाई जोगाउन बेलैमा नलागे प्रजातान्त्रिक यात्राले आफ्नो दिशा गुमाउन सक्ने आशंका व्यक्त गरेका छन् ।
प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले सो कुरा बताएका हुन् ।
उनले ००७ सालको परिवर्ततले राणाशानसनको अन्त्य मात्र नगरी सामाजिक परिवर्तनको मार्गप्रशस्त गर्दै नेपाली समाजलाई स्वतन्त्रता, समानता र सामाजिक न्यायतर्फ अघि बढाएको छ ।
‘२००७ सालको परिवर्तनले केवल राणाशासनको अन्त्य मात्र गरेन, सामाजिक परिवर्तनको मार्ग प्रशस्त गर्दै नेपाली समाजलाई स्वतन्त्रता, समानता र सामाजिक न्यायतर्फ अघि बढायो,’ उनले भने, ‘ यदि हामीले यी आधारभूत मूल्यहरूलाई मजबुत बनाउँदै अघि बढ्न सकेनौं भने, हाम्रो प्रजातान्त्रिक यात्राले आफ्नो सही दिशा गुमाउन सक्छ ।’
त्यस्तै अभिव्यक्ति स्वतन्त्रता लगायत मौलिक हकहरु ००७ सालको परिवर्तनकै कारण सम्भव भएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया