माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ

लोकपथ
49
Shares

ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष  तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन्  ।  

प्रेस सेन्टर ताप्लेजुङद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठन बलियो बनाउन लागेको स्पष्ट पारे । 

उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?