काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयबाट सबै विद्यार्थीहरुलाई ल्याउन माग गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता भण्डारीले विश्वविद्यालयसँग समन्वय नहुँदासम्म सबै विद्यार्थीहरुलाई नेपाल ल्याउन आग्रह गरेका हुन् ।
केआईआईटीको बी टिच अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि अहिले सत्यतथ्य छानबिनको माग भइरहेको छ । उनको मृत्यृ र त्यहाँको क्याम्पस प्रशासनले गरेको दुव्र्यवहारपछि त्यहाँ रहेका अन्य नेपाली विद्यार्थीहरुले आफूहरु असुरक्षित रहेको बताइरहेका छन् ।
यसैबीच सांसद भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘ सरकार !!!चारवटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन ! कसले रोकेको छ ? तब विश्वविद्यालय संग कुरा हुन्छ ! तिमि छौ भन्ने परिचय देउन सरकार !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया