बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

लोकपथ
399
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५ सय रहेको थियो । आज सूनको मूल्य वृद्धि भइ १ लाख ६८ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको मूल्य तोलामा १ हजार ९ सय ५५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ९ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?