काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज १० दशमलव ९८ अंकले बजार घटेको हो । योसँगै शेयर बजार आज पाचौँ दिन पनि राताम्मे भएको हो । ०.४० प्रतिशतले बजार घट्दा बजार परिसूचक २ हजार ६ सय ७७ दशमलव ३२ अंकमा झरेको छ ।
त्यस्तै आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कुल १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज कारोबारमा आएकोमध्ये ७७ वटा कम्पनीको शेयर मूल्य बढेको, १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
नेप्सेका अनुसार आज कारोबारमा आएकोमध्ये न्यादी हाइड्रोपावर कम्पनी, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल रिपब्लिका मिडिया लगायत कम्पनीका लगानीकर्ताहरुले बढी कमाएका छन् । त्यस्तै बोटलर्स नेपाल बालाजु, उपकार लघुवित्त वित्तीय संस्था, सुपर न्यादी हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया