सूर्यविनायक मन्दिरबाट चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

लोकपथ
245
Shares

काठमाडौं । चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ ।

सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

दीपेन्द्र के. खनाल निर्देशक चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ ।

कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार शुरु भएको बताए । चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताए ।

देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गरे ।

अभिनेता किरण केसीले आजबाट चलचित्र शुरु भएको र सबैको मेहनतले चलचित्र राम्रो बन्ने बताए । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुशी लागेको बताए ।

शुभ मूहुर्त कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी रहेको बताए । उनले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरुमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी लागेको बताए ।

एम.एम मोस पिक्चर्सको प्रश्तुतीमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?