अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले के–के गरे ? (पूर्णपाठ)

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर सोमबार अपरान्ह स्वदेश फिर्ता भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्न गत असोज ४ गते प्रधानमन्त्री ओली आफ्नो प्रतिनिधिमण्डलको टोलीको साथ अमेरिका प्रस्थान गरेका थिए ।

आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा प्रेस नोट जारी गर्दै अमेरिका भ्रमणबारे ब्रिफिङ गरेका हुन् ।

भ्रमणका क्रममा छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका विभिन्न देशका प्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेको उल्लेख गरेका छन् ।

गत असोज ५ गते (सेप्टेम्बर २१ मा) राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग मेरो द्विपक्षीय भेटवार्ता भयो । भेटको क्रममा नेपालको शान्ति प्रक्रियामा भएको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढिकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालको योगदानको विषयमा छलफल भएको जारी प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?