अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क गएका प्रधानमन्त्री ओली आज सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीइओ एलिस अल्ब्राइट र युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेपुटी सीईओ निशा विस्वाललगायतसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओली आफ्नो प्रतिनिधिमण्डलसँग गत असोज ४ गते अमेरिकातर्फ प्रस्थान गरेका थिए । यो कार्यकालमा ओलीको पहिलो विदेश भ्रमण अमेरिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?