काठमाडौ – भारतीय मिडियाको ठूलो बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको हालै गरिएको एक अनुसन्धानले देखाएको छ। ‘रिपोर्टर विद्आउट बोर्डर’को अग्रसरतामा गरिएको मिडिया स्वामित्व अनुगमनसम्बन्धी अनुसन्धानले यस्तो देखाएको हो।
ठूलो संख्यामा पाठक रहेका भारतका ५८ प्रमुख मिडिया हाउसमा गरिएको स्वामित्वसम्बन्धी अनुसन्धानले प्रिन्ट मिडियाले पाठकको ध्यान खिच्ने गरेको देखाएको छ। भारतका चारवटा मिडिया हाउसहरु दैनिक जागरण, हिन्दूस्तान, अमर उजाला र दैनिक भास्करले हिन्दी भाषाको बजारको ७६ प्रतिशत भन्दा बढी पाठकलाई कब्जा गरेको अनुसन्धानले देखाएको छ।
अनुसन्धानअनुसार क्षेत्रीय भाषाका मिडियामा पनि पाठकहरु बढि आकर्षित हुने गरेका छन्। हरेक क्षेत्रीय भाषामा मुख्य दुई समाचारपत्रले ५० प्रतिशत पाठकलाई कब्जा गर्ने गरेका छन्। यस्ता क्षेत्रीय भाषामा बंगाली, पंजाबी, कनान्दा, गुजराती, उर्दू, मराठी र असामीलगायत रहेका छन्।नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया