राप्रपाको कारबाहीमा परेका तीन नेताको अपील– ‘हामी दोषी छैनौँ, पार्टीले पुनर्विचार गरोस्’ (विज्ञप्तिसहित)

लोकपथ
3.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कारबाहीमा परेका तीन नेताले आफूहरुप्रति गरिएको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् ।

गत फागुन २६ गते बसेको राप्रपा कार्यसम्पादन समिति बैठकमा भएको झगडाको दोषी देखाउँदै राप्रपाले तीन जनालाई कारबाही गरेको थियो ।

जसमा राप्रपाका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धि प्रताप जबरा र राप्रपा युवा संगठनका सदस्य सचिव निराजन बम रहेका छन् ।

कार्यसम्पादन समितिको बैठकमा विक्रम पाण्डेमाथि ठाकुर मोहन श्रेष्ठले विभिन्न आरोप लगाएपछि बैठक हल बाहिर उनीमाथि आक्रमण भएको थियो ।

सोही घटनालाई लिएर राप्रपाले आइतबार तीन जनालाई निलम्बन गरेको हो ।

निलम्बनपछि विज्ञप्ति जारी गर्दै सो प्रकरणमा आफूहरु दोषी नभएको स्पष्ट पारेका छन् ।

‘हामी वैठक चलिरहदा सदा झै पार्टी अफिस पुगेका हौ र त्यहा अनियन्त्रित भिडले हाम्रो नेता माथि धकेला(धकेल गरिरहदा मौन वस्न वा हेरिरहन हाम्रो नैतिकता ले दियन तसर्थ हामी भिड लाई पन्छाउन गयका हौ र पन्छायका पनि हो। सोही सन्दर्भमा एक संचारमा प्रकाशित हाम्रा तस्विहरु लाई लियर हामी माथि नै घटनामा संलग्न भनी जुन झुठो आरोप लगाइयो त्यसको हामी घोर निन्दा र भत्सर्ना गर्दछौ। आज पनि हामी भन्दछौ हाम्रो त्यस घटनामा कुनै संलग्नता छैन यहि नै सत्य हो।’ जारी विज्ञप्तिमा भनिएको छ ।


आफूहरुमा पार्टीप्रतिको निष्ठा रहेको बताउँदै आफूहरुले बुझाएको स्पष्टीकरण राम्रोसँग पढ्दै नपढी कारबाही गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै आफूहरु राजसंस्था, हिन्दू अधिराज्य पुनस्थापना, संघीयता खारेजी लगायत पार्टीको मुल मुद्दाप्रति प्रतिबद्ध रहेको बताउँदै पार्टीले गर्ने आन्दोलनलाई थप सफल बनाउनका लागि अहोरात्र खटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


‘राजसंस्था,हिन्दु अधिराज्य पुनस्र्थापन,संघियता खारेजि लगायतका पार्टीको मुल मुद्दा प्रति हामी पुन प्रतिवद्दता जाहरे गर्दछौ र पार्टीले गर्ने आन्दोलनको कार्यक्रम लाई सफल वनाउन अहोरात्र खटने पनि छौँ । यो अन्यायपूर्ण निर्णयको विरुद्द हामी प्राण रहेसम्म संघर्ष गर्नेछौ र यसमा तमाम पार्टीका नेता तथा कार्यकर्ता साथिहरुको साथ रहोस भनी अपिल गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?