राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए सामूहिक राजीनामा

लोकपथ
286
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।


शुुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन् ।


राजीनामा बुझाउनेहरुमा डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा. आरपी विच्छा रहेका छन् ।

सरकार परिवर्तन भएसँगै कांग्रेसको सिफारिसमा राष्ट्रिय योजना आयोग गएका सदस्यहरुले राजीनामा बुझाएका हुन् ।
यद्यपी उनीहरुको राजीनामा भने स्वीकृत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?