काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति प्रश्न उठाएका छन् ।
सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्तिलाई नै गृह मन्त्रालयको जिम्मेवारी दिएर गृहमन्त्री लामिछानेले त्यससँग जोडिएका व्यक्तिहरुलाई उन्मुक्ति दिने त होइन भन्दै प्रश्न समेत उठाएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सहकारी ठगी प्रकरणमा केही करोडको आरोप लागेको व्यक्ति गृहमन्त्रीलाई प्रयोग गरेर अन्य अर्बाैँ ठगी गर्नेहरु उम्किन लागेको त होइन भन्दै प्रश्न गरे ।
‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने निकायको कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ ।’ उनले भने, ‘गृहमन्त्रीले यस्तै प्रकारका अन्य दोषीलाई कसरी कारबाहीको दायरामा ल्याउनुहुन्छ ? कतै तपाईंको पोजिसनलाई रक्षाकवच बनाएर एक दुइ करोडको मात्र अभियोग लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछा उम्काउने प्रपन्चको तपाईं जानी नजानी हतियार त बनिरहनुभएको छैन ?’
त्यस्तै आफूहरुमा सत्ताबाट बाहिरिनुमा कुनै गुनासो नरहेको समेत बताए । गत निर्वाचनमा गरेको सहमतिलाई तोड्ेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नैतिकका बारेमा सबैले बुझ्न पर्ने बताए ।
आफूहरुले उठाएका विषयमा सरकारले स्पष्ट जवाफ नदिएमा राम्रोसँग सदन चल्न नदिने समेत उनले चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया