संसदमा प्रधानमन्त्रीको आक्रोश– ‘सबै मिल्छु भनेर हामीलाई तर्साउन खोज्या, प्रचण्ड डराउँदैन’

लोकपथ
322
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र कांग्रेसलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै सांसदहरुले उठाएको सवालका प्रश्नको उत्तर दिँदै सो कुरा बताएका हुन् ।

आफूलाई यसअघि धोका दिएकाहरु मिल्ने भन्ने कुरा आफूलाई तर्साउनका लागि गरिएको भन्दै सके मिलेर अघि बढ्न आग्रह गरे ।

उनले आक्रोशित हुँदै भने, ‘मेरो त कामना छ तपाइहरु मिल्नुस् । तपाइहरु सबै मिल्नुभयो भने नेकपमा माअ‍ोवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देशको पक्षमा जनताको पक्षमा, संविधानको रक्षाको पक्षमा, राष्ट्रियताको सुदृढिकरणको पक्षमा लडिरहन्छ। तपाइहरुलाई लाग्या छ प्रचण्ड डराउँछ त्यसो भनेर । नेपाली कांग्रेसको साथीहरु सबै मिलेर तेरो हालत के हुन्छ भनिरहनुभएको छ । हिजो तर सबै मिलेर टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भनेर सोच्नुभएको छ। त्यस्तो हुँदैन ।’

त्यस्तै आफूले आवश्यक्ताका आधारमा गठबन्धन फेरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?