काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि नै पटकपटक धोका पाएको भन्दै अहिले विश्वासको मत नदिने बताएका हुन् ।
साथै उनले यसअघि आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेकोबारे प्रधानमन्त्रीलाई स्मरण गर्दै कसैलाई गाली गरेर वाहवाही नपाउने समेत स्पष्ट पारे ।
साथै भ्रष्टाचारको विषयमा ठूला दलका सबै नेताहरु एकबद्ध नभएमा देशमा सुशासन कायम हुन नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया