काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।
गत निर्वाचनमा गठबन्धन गरेर गए पनि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले विश्वास तोडेको बताए । साथै आफूूहरुले गठबन्धनप्रति सकारात्मक रहेको बताउँदै विभिन्न आरोप लगाएर गठबन्धन तोड्दै पुनः विश्वासको मत माग्नुको कुनै औचित्य नरहेको बताए ।
नेपाली कांग्रेस सत्ताका लागि कुनै ढोक्सा नथाप्ने समेत स्पष्ट पारे । साथै आफूहरु रचनात्मक प्रतिपक्षको रुपमा बस्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया