काठमाडौं । नयाँ सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् ।
बालुवाटारमा माओवादी, एमाले, रास्वपासहितको गठबन्धनको बैठकमा सो निर्णय भएको हो ।
सभापति समेत रहेका रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सामेल हुँदैछ । त्यसअनुसार अर्याल मन्त्री बन्न लागेको अर्यालको सचिवालयले लोकपथलाई जानकारी दिएको छ । सचिवालयका अनुसार अहिलेसम्म मन्त्रालयको टुंगो लागेको छैन । अहिले बिना बिभागीय मन्त्री बन्ने सचिवालयले जनाएको छ ।
‘अहिलेसम्म उहाँको नाममा कुरा आएको छ । मन्त्रालयको कुरा आएको छैन । शुरुमा बिना बिभागीय मन्त्री बन्नेर आजै सपथको तयारी रहेको छ ।’ सचिवालयको एक सदस्यले भने ।
आज बन्ने नयाँ मन्त्रीमण्डलमा गठबन्धनमा आवद्ध सबै दलबाट एक–एक जनाले सपथग्रहण गर्नेछन् । नयाँ बन्ने मन्त्रीहरुको नाम लिएर प्रधानमन्त्री केहीबेरमा राष्ट्रपति कार्यालय जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया