राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले लिए सपथ

लोकपथ
896
Shares

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।


केहीबेरअघि संघीय संसद भवनस्थित लोत्से हलमा नवनिर्वाचित १९ सदस्यहरुले सपथग्रहण गरेका हुन् ।


राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराएकी हुन् ।


आजबाट राष्ट्रिय सभाका अध्यक्षसहित २० जना सदस्यहरु पदमुक्त भएका छन् । त्यसअघि नै गत माघ १९ गते १९ सदस्यहरु निर्वाचित भएका थिए । राष्ट्रिय सभाको एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?