काठमाडौं । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’मृत्यु भएको पोष्टमर्टम रिपोर्टले देखाएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार पारेर चितवन प्रहरीलाई पठाएका हुन् ।
जसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरीले जनाएको छ ।
चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा स्काउटको डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै आएका थिए। त्यसपछि उनीहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरेको थियो
प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया