प्रभु बैंकका डिसिइओ न्यौपाने पक्राउ, कर्जा प्रवाहमा मनोमानी गरेको आरोप

लोकपथ
975
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सेन्चुरी कमर्शियल बैंकका तत्कालिन सिइओ मनोज न्यौपानेसहित ९ जनालाई पक्राउ गरेको छ ।

सिआइबीको टोलीले मंगलबार तत्कालिन सेन्चुरी कमर्शियल बैंकको सिइओ तथा वर्तमान प्रभु बैंकको डिसिइओ समेत रहेका न्यौपानेलाई पक्राउ गरेको हो ।

न्यौपानेमाथि कर्जा प्रवाहमा कमजोरी रहेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

गत पुसमा सेन्चुरी र प्रभु एक आपसमा गाभिएका छन् । सेन्चुरीमा सिइओ रहेकामा प्रभुमा आइसकेपछि उनी डिसिइओ बनेका थिए । सेन्चुरीमा सिइओ रहँदा पदको दुरुपयोग गरी कर्जा प्रवाह गरेको उनीमाथि आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?