राजेन्द्र महतोले छाडे लोसपा, घोषणा गरे नयाँ अभियान

लोकपथ
1.8k
Shares
फाइल तस्बिर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् ।

लामो समयदेखि पार्टी गतिविधिमा सामेल नभएका महतोले आज पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सोमबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागसहित नयाँ अभियान ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को समेत घोषणा गरेका हुन् ।

त्यस्तै अहिले आफ्नो अभियानको सानो आकार रहे पनि भोलिका दिनमा यसलाई विस्तार गर्दै लगिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?