काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि अवरोध खडा भएको छ । यसअघिका बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले संसदमा उठेका सवालका विषयमा सरकारले जवाफ दिनुपर्ने मागसहित संसद अवरुद्ध गरिरहेका छन् । यसअघि नै प्रमुख प्रतिपक्षी दलले उपयुक्त समयमा आफूहरुले उठाएका सवालमा जवाफ दिनुपर्ने माग राख्दै आइरहेको थियो ।
सो सम्बन्धमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका सवालमा जवाफ दिन सरकारलाई रुलिङ समेत गरेका थिए । तर आज पनि सरकारको तर्फबाट जवाफ नआएपछि प्रमुख प्रतिपक्षी दल एमालेसहित अन्य दलहरुले नाराबाजी समेत गरिरहेका छन् ।
आजको बैठकमा सभामुख घिमिरेले आफूले यसअघि नै सरकारलाई निर्देश गरिसकेको बताए पनि सांसदहरुले निरन्तर संसद अवरोध भइरहेको छ । सांसदहरुको निरन्तर अवरोधपछि आजै १५ मिनेटपछि बस्नेगरी बैठक सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया