१५ मिनेटका लागि भन्दै सारिएको संसद बैठक ३ घण्टासम्म बस्न सकेन

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । १५ मिनेटका लागि भन्दै स्थगित गरिएको प्रतिनिधि सभा बैठक अझैसम्म बस्न सकेको छैन ।

आज बसेको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरुबीच आरोप प्रत्यारोप भएको थियो । सभामुख देवराज घिमिरेले बैठक सुचारुका लागि निरन्तर आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेपछि १२ः१० मा बैठक स्थगित गरिएको थियो ।

बैठक सूचारुका लागि सभामुुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । सहमति जुटेको भन्दै संसद सचिवालयले जानकारी गराउँदै २ः३० मा बैठक बस्ने भनिएकोमा अझै बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?