राजीनामा दिएर सडकमा जान राप्रपाका सांसदलाई सांसद सापकोटाको चेतावनी

लोकपथ
1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपाका सांसदहरुलाई राजीनामा दिएर सडकमा जान चेतावनी दिएका छन् ।

आज बसेको बैठकमा बोल्दै सांसद सापकोटाले प्रतिपक्षीले संसदमा अवरोध खडा गर्ने गरेको समेत आरोप लगाएका थिए ।

त्यसअघि बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफूहरुले बोलेका कुरा सरकारले चासो नदिएको भन्दै आफूहरुले संसद चल्न नदिने चेतावनी दिएका थिए । सत्ता पक्षका सांसदहरुले नै संसद चल्न नदिएको आरोप लगाउदै आफूहरुको कुरा नसुन्ने हो भने संसद बैठक बिदा गरेर रत्नपार्कमा भाषण गर्न जाने भन्दै आक्रोश व्यक्त गरेका थिए ।
त्यसपछि बोलेका सांसद सापकोटाले राप्रपाले बेला बेला व्यवस्थाको कुरा पनि गर्ने र संसद बैठकमा अवरोध खडा गर्ने गरेको भन्दै राजीनामा दिएर सडकमा जान चेतावनी दिए ।

बैठकको आकस्मिक बैठकमा बोल्दै कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबार प्रमुख प्रतिपक्षी दलको कारण राजनीतिक दलसम्बन्धी विधेयक अघि बढ्न नसकेको आरोप लगाएका थिए । सो सम्बन्धमा आपत्ति जनाउँदै एमाले सांसदहरुले संसद बैठक अवरोध गरेका थिए ।

अहिले बैठक चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?