कांग्रेस महासमिति बैठकमा पेश भएका ४ प्रस्ताव पारित

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमितिको बैठकमा प्रस्तुत भएका ४ वटा प्रस्तावहरु पारित भएका छन् ।

आज समापनसत्रमा महामन्त्री गगनकुमार थापाले ती प्रस्तावहरु हल समक्ष प्रस्तुत गरेका थिए । महासमिति बैठकमा प्रस्तुत भएका सांगठनिक, राजनीतिक, नीति तथा लेखासम्बन्धी प्रस्ताव पारित भएको हो । सो क्रममा महासमिति सदस्यहरुले त्यसलाई ताली पिटेर अनुमोदन गरेका थिए ।

गत फागुन ७ गतेदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक, उपप्रधानमन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति सम्बन्धी र केन्द्रीय सदस्य श्यामकुमार घिमिरले पेश गरेको लेखासम्बन्धी प्रस्ताव पारित भएको हो ।

त्यस्तै ४ समूहमा भएको छलफलको समूहगत रुपमा उठेका सवालहरु संकलन गरी पार्टीले त्यसका विषयमा छलफल गर्ने समेत महामन्त्री थापाले बताए । साथै प्रस्तावको अन्तिम रुप केन्द्रीय कमिटीले गर्ने महामन्त्री थापाले हललाई जानकारी गराए ।
गत फागुन ७ गतेबाट सुरु भएको कांग्रेसको महासमिति बैठक आजबाट समापन हुँदैछ । अहिले खुलासत्र तथा समापनसत्र चलिरहेको छ । शीर्ष नेताहरुले सम्बोधन गरेपछि बैठक समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?