काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा नाराबाजी भएको छ ।
बन्दसत्र चलिरहँदा महासमिति सदस्यहरुले नाराबाजी गरेका हुन् ।
आज प्रदेश सभापतिहरुले आ–आफ्नो धारणा राख्नेक्रममा नाराबाजी भइ केहीबेर तनावको स्थिती सिर्जना समेत भएको थियो । बागमती प्रदेशका तर्फबाट प्रदेश सभापति इन्द्र बानियाँले आफ्नो प्रतिवेदन पेश गर्न लागेका थिए । उनको प्रतिवेदनमा गठबन्धन कायम राख्ने भन्ने विषय समेटिएपछि नाराबाजी भएको हो ।
सो क्रममा महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । पछि अर्का महामन्त्री गगन थापाले महासमितिमा पेश भएको गठबन्धन नगर्ने विषय केन्द्रीय कमिटीले हेर्ने भनेपछि भीड साम्य भएको थियो ।
फागुन ७ गतेबाट चलेको महासमिति बैठकमा अहिले खुलासत्रसहित समापनसत्र चलिरहेको छ । आज शीर्ष नेताहरुले सम्बोधन गरेपछि महासमिति बैठक सकिने छ । समापन सत्रमा महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरु पेश गरेका थिए । सो प्रस्तावहरुलाई हलले ताली पिटेर समर्थनसहित पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया