नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले गरे संसद अवरोध

लोकपथ
294
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य विपक्षी दलले संसद अवरोध गरेका छन् ।

बैठकको शुरुमै एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले अवरोध गरेको थियो ।

त्यसपछि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्न समय दिएका थिए । सो क्रममा एमालेका सांसद रघुजी पन्तले विवादित मन्त्रीहरुले राजीनामा दिन माग गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले दण्डहिनताको पराकाष्टा नाघेको आरोप लगाए । त्यस्तै बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने माग गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालाको राजीनामा माग गरे ।

सभामुखले सांसदहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएपछि अहिले बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?