राष्ट्र बैंकले भन्यो- ‘सर्वसाधारण भ्रमित हुनेगरी दुष्प्रचार नगरौँ’

लोकपथ
130
Shares

काठमाडौं । केही दिन यता राष्ट्रिय स्तरको वाणिज्य बैंकमाथि भइरहेको चौतर्फी प्रहारको मुद्दामा केन्द्रीय बैंकको ध्यानाकर्षण भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले उक्त बैंकमाथि केन्द्रीय बैंकले निरन्तर अध्ययन गरिरहेको र बैंकको वित्तीय स्थिति ठिकठाक भएको हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको हो ।

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ । बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ,’ केन्द्रीय बैंकले विज्ञप्ति मार्फत सम्पूर्णमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?