सेयर बजार सूचक र कारोबार दुवै घट्यो

लोकपथ
91
Shares

काठमाडौं । बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटेको छ । बजार सूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ ।

१५९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । उत्पादनमूलक बाहेकका सबै उपमूहले नेप्से घटाएका छन् । उत्पादनमूलकको सूचक भने २.८४ प्रतिशतले बढेको छ ।

घटेको बजारमा पनि बोटलर्स नेपालमा दुवै कम्पनी, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको सेयरमूल्य भने सर्किटस्तरमा बढेको छ । बोटलर्स बालाजुको सेयर प्रति कित्ता १२ हजार ३ सय ९३ रुपैयाँ पुगेको छ भने बोटलर्स तराईको सेयर प्रति कित्ता १३ हजार १ सय ९४ रुपैयाँमा किनबेच भएको छ । समाज लघुवित्तको १ हजार ९ सय ७८ पुगेको छ । यस्तै हिमालय ऊर्जाको कित्ताको ३ सय ३५ रुपैयाँ भएको छ ।

अघिल्लो दिनका तुलनामा सेयर कारोबार ८७ करोडले कम भएको छ । बुधबार ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ ।

कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । हिमालयनको १ लाख ७३ हजार ५ सय ३७ कित्ता सेयर ११ करोड १२ लाखमा कारोबार भएको छ । सेयरमूल्य ६ सय ३३ रुपैयाँ २० पैसा प्रति कित्ता रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस्तै एनआइसी एसिया बैंकको ६ करोड २६ लाख, पिपुल्स हाइड्रोपावर कम्पनीको ६ करोड र सगरमाथा जलविद्युतको ५ करोड ८६ लाखको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?