वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीमा संलग्न एक महिलासहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रणका लागी बनाएको क्राईम टोलीको सक्रियताले चोरीका विभिन्न समानहरुसहित उनीहरुलाई बिहीवार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका ११ मा डेरा गरी बस्ने वर्ष ३२ को बल बहादुर थापा, बस्ने वर्ष ३६ को मोजामील मिया, वडा नम्बर २४ बस्ने वर्ष २८ की गिता देवी र बस्ने वर्ष ३४ को मनु कुमार गुप्ता रहेका छन् ।
क्राईम टोलीका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा रहेको टोलीले वीरगञ्जको ज्ञान्दा स्कुलमा चोरी भएको समानसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले जेडी केइइ कम्पनीको मनिटर १ थान,सोनी कम्पनिको ४८ इञ्चको एलइडी टिभी १ थान,डेल कम्पनिको ल्यापटप ४ थान, जेडी केइइ कम्पनीको चार्जर सहितको एलइडी १ थान,माईक १ थान,एम सिबी बक्स बोर्ड २ थान, फायर स्ट्रीगं आगो निभाउने मशिन १ थान,सटर फोडने प्रयोग गरिएको फलामको रड २ थान र नेपाली भारतीय गरी २८ हजार ६ सय नगद समेत बरामद गरेको छ ।
पक्राउ परेका सबैजनालाई थप आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको र थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया