यस्तो छ महासमिति बैठकमा गगन थापाले प्रस्तुत गर्ने प्रस्ताव (पूर्णपाठ)

लोकपथ
448
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेश गर्दैछन् ।

केहीबेरमा महामन्त्री थापाले आगामी निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने प्रस्तावसहित प्रतिवेदन पेश गर्न लागेका हुन् ।
सो विषयमा पार्टी सभापति शेरबहादुर देउवाले सहमति नजनाउँदा प्रस्ताव अघि बढ्न सकेको थिए । सोमबार सभापति देउवा निवासमा भएको छलफलपछि देउवा सकारात्मक भएको र त्यसपछि प्रस्ताव प्रस्तुत गर्न लागिएको हो ।

‘पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठनभित्र आकांक्षीहरुको व्यवस्थापन त कठिन भयो नै पार्टीभित्रको उर्जामा समेत गिरावट आयो । जसले गर्दा निर्वाचनमा संख्यात्मक रुपमा पार्टी पहिलो दल भए पनि लोकप्रीय मत घट्ने अवस्था भयो । २०७४ बाट २०७९ को आम चुनावसम्म आइपुग्दा प्रतिनिधिसभा चुनावमा हाम्रो लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले ह्रास आएको छ । दुई चुनावको बिचमा हामीले १३.२ प्रतिशत त मतदाता गुमायौँ । यही कुरा सातै प्रदेशसभा चुनावको मतका आधारमा हेर्ने हो भने हाम्रो लोकप्रीय मतको हिस्सा ५ प्रतिशतले घटेको छ । हामीले २०७९ मा २०७४ जतिकै लोकप्रीय मतको हिस्सा कायम राख्न चाहने मतभन्दा १५.७४ प्रतिशत कम मत पाएका छौँ । जबकी स्थानीय तहको निर्वाचनमा हाम्रो लोकप्रीय मत राम्रो थियो । त्यसको एउटा प्रमुख कारण हो स्थानीय तहको निर्वाचनमा हामीले तल्लो तहमै आवश्यक्ताका आधारमा तालमेल गर्ने भनेका थियौँ । बाध्यात्मक बनाएका थिएनाैँ ।’ प्रस्तावमा भनिएको छ ।

त्यस्तै कांग्रेसको १५औँ महाधिवेशन २०८२ साल मंसिर मसान्तभित्र गर्ने प्रस्ताव गरिएको छ ।

आज बिहान ११ बजेबाट बन्दसत्र शुरु भएको छ । बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति सम्बन्धी प्रतिवेदन पेश गरेका छन् । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीति सम्बन्धी प्रस्ताव र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव पेश गर्दैछन् ।

पूर्णपाठ पढ्न तलको लिंक क्लिक गर्नुहोस्

Open गगन थापा द्वारा महासमितिमा प्रस्तुत सांगठनिक प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?