काठमाडौँ – विश्वविद्यालयहरूमा प्रधानमन्त्री र शिक्षामन्त्रीको भूमिका थप शक्तिशाली हुने गरी ऐन संशोधन प्रक्रिया अघि बढेको छ ।
शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पास भए विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति रहने शिक्षामन्त्री पदाधिकारी नियुक्ति र फेरबदलमा थप शक्तिशाली हुनेछन् ।
शिक्षा मन्त्रालयले हिउँदे अधिवेशनमा संसद्मा दर्ता गराएको संशोधन विधेयक बुधबार राष्ट्रिय सभामा पेस गरिएको हो । संसद्को चालु अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । विधेयकमा उल्लेख भएअनुसार कुलपति र सहकुलपतिले आवश्यकताअनुसार विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र निर्देशन दिन सक्नेछन् । यसअघि निरीक्षण र जाँचबुझ गर्न सक्ने व्यवस्था रहेकामा संशोधित विधेयकमा 'निर्देशन दिन' सक्ने प्रावधान थपिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया