आगामी निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने !

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसको सोमबारदेखि जारी महासमिति बैठकमा आज विभिन्न प्रस्तावहरु प्रस्तुत भइ बन्दसत्र सुरु हुन लागेको छ ।

बैठकमा महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक, उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव र पार्टी प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

जसमध्ये सबैभन्दा चासोका साथ महामन्त्री थापाले पेश गर्ने सांगठनिक प्रस्तावलाई हेरिएको छ । जसमा आगामी २०८४ को निर्वाचनअघि कांग्रेसले गठबन्धन नगर्ने भन्ने अवधारणासहितको प्रस्ताव प्रस्तुत हुन लागेको हो ।

यसअघि उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवाले सहमति जनाएका थिएनन् जसको कारण प्रस्ताव अघि बढ्न सकेको थिए । सोमबार बैठक उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले गठबन्धनको पक्षमा बोलेका थिए । त्यसपछि देउवा निवास बुढानिलकण्ठमा बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने विषयमा देउवा सकारात्मक भएपछि सोही अनुसारको प्रस्ताव आज पेश हुन लागेको हो ।

सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक फागुन १० गते बिहीबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?